बिपी राजमार्गमा अब २४ सै घण्टा सवारी साधन चल्ने

HTV Khabar ८ कार्तिक २०८१, बिहीबार ०९:३४ मा प्रकाशित

काठमाडौं,  बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म अबदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधवार सूचना जारी गर्दै अबदेखि चौबिसै घण्टा धुलिखेल(भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।

असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो।

अबदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए।