काठमाडौं, नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान छन्।
भदौ ४ मा उनीहरूले भारतीय नागरिक सुधीर मुहरालाई ठमेलबाट ट्याक्सीमा कीर्तिपुर लगेर लुटपाट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। आरोपीहरूलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। उनीहरूमाथि थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरमा पठाएको छ ।