मुग्लिङ नारायणगढ सडकमा गुडिरहेको कार माथि ढुंगा खस्यो, फिस्लिङको बाटो एकतर्फी

HTV Khabar ४ भाद्र २०८१, मङ्गलबार १२:१८ मा प्रकाशित

काठमाडौं,  चितवनको ईच्छाकामना गाउँपालिका-३ मौवाखोला र फिस्लिङ सडकखण्ड अहिले एकतर्फीमात्रै संचालन भइरहेको छ।

पृथ्वी राजमार्ग अन्तर्गतको सो सडकखण्डममा लेदो सहितको पहिरो खसे पछि बाटो एकतर्फि मात्र संचालन भइरहेको हो।

त्यस्तै, राति परेको अविरल वर्षाको कारण चितवनको इच्छाकामना गाउँपालिका ४ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा माथिबाट ढुंगा खस्दा सवारीमा क्षति पुगेको छ।

मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बीएडी ८३२२ नम्बर को कारमा माथिबाट ढुंगा खसेर लागेको हो। कारमा सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ। सो कार चालक चितवन भरतपुर महानगरपालिका २ बस्ने वर्ष ५५ को सन्तोष कचिला भएको खुलेको छ। कार चालकलाई भने कुनै चोट लागेको छैन।