काठमाडौं, रूपन्देहीको बेलहिया नाकाबाट अवैधरुपमा भारत हुँदै कुवेत जान लागेका १३ जना युवतीको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले १३ युवतीको उद्धार गरिएको जानकारी दिएका हुन्। उनका अनुसार रूपन्देहीको शान्ति पुनःस्थापना गृहले युवतीहरुको उद्धार गरेर थप अध्ययन भइरहेको छ।
शान्ति पुनःस्थापना गृह रूपन्देहीका सुपरभाइजर नितेश चौधरीले विहिवार दिउँसो ३ बजे अवैध रुपमा कुवेत जान लागेका युवतीको उद्धार गरिएको बताए। चौधरीले युवतीसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएकाले शंका लागेकाले उद्धार गरिएको बताए।