काठमाडौं, मकवानपुरमा एक युवकले सोमवार बेलुका श्रीमतीको हत्या गरेका छन।कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका छन्।
मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको वडाध्यक्ष छेकु लामाले बताए। छिमेकीले घटना थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।
प्रहरीले सोमवार राति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखिएको छ। उनीहरूको १३ महिनाकी छोरी रहेकी छिन्।