काठमाडौं, बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ।
इमेज सहकारी घोटालाको आरोपमा मेयर नेपालीसहित उनका दाजु ओमबहादुर नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरेर नेपाल ल्याईएको हो। भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए। यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए। नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने सीआईबीले जनाएको छ। पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्।उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ।