काठमाडौं, पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो।
राति नौ बजेतिर रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको हो।
स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ।