नेपाली सेनाका जवानले गरे श्रीमतीको हत्या, खुकुरीसहित फरार

HTV Khabar २५ जेठ २०८१, शुक्रबार ११:५४ मा प्रकाशित

काठमाडौं,  दाङमा नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन्। शुक्रवार आजा बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि उनी फरार भएका हुन।

खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।