सूर्यदर्शन सहकारी ठगीमा आजदेखि जाहेरीवालाको तर्फबाट बहस

HTV Khabar १८ पौष २०८१, बिहीबार १२:३७ मा प्रकाशित

काठमाडौं,  कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुने भएको छ।

हिजो सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।

हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।

जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने बताइएको छ।