एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

HTV Khabar १६ श्रावण २०८१, बुधवार १०:५२ मा प्रकाशित

काठमाडौं,  धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का शिवराज ओझा रहेका छन्। उनले मंगलवार साँझ ४ बजेको काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा छ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो।