प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

HTV Khabar ३ अशोज २०८१, बिहीबार ०५:५५ मा प्रकाशित

काठमाडौं, प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ। उनीहरुबीच प्रधान सेनापतिको कार्यकक्षमा भेटघाट भएको हो।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।