काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवार सहित दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गर्नुभएको छ।
बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन रहनुभएको पूर्व राजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गर्नुभएको हो।
मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइ रहनु भएको छ। धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्लाहरुमा निस्किए पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उहाँ नेपालगञ्ज बस्दै आउनु भएको छ।
पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न आउने क्रममा पूर्व राजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ।
तुलसीपुरमा बाहीनी चोककदेखि, जेसिस चोक, बिपि चोक र बिरेन्द्र चौकसम्म पूर्व राजालाई नागरिक अभिनन्दन गरिएको छ। बिरेन्द्र चोककमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्दा नागरिकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारासमेत लगाएका थिए।