काठमाडौं, सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साँगाचोकगढी नगरपालिका–५, धाउचेतका दावा तामाङलगायत व्यक्ति छन्।
दावाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
उनीहरूका साथबाट प्रहरीले नगद २० हजार ३८० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।