काठमाडौं, काठमाडौंको नागढुंगाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन्।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरेको छ। कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका छन्।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए।