काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।
श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठको फार्मेसीबाट बिक्री भएको खुलेको थियो।
दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनीलाई रास्वपाले सांसदबाट हटाएको थियो। श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक मोहन थापाले पुष्टि गरे।