काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको तेस्रो सोमवारको अवसरमा श्री पशुपतीनाथ मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, महासचिव श्रीमती अनुश्री पाख्रिन, उपाध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीहरु, धार्मिक, सांस्कृतिक, स्थ्य उप-समितिका पदाधिकारीहरु, तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।
त्यस्तै नेपाल प्रहरी अस्पतालका विशेषज्ञ सहितको प्राविधिक टोली तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको उक्त नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रममा श्रद्धालु भक्तजनहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए।