हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

HTV Khabar १६ कार्तिक २०८१, शुक्रबार ०५:०२ मा प्रकाशित

रौतहट,  सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक वृद्धाको मृत्यु भएको छ।परी फतुवा–बिजयपुर नगरपालिका -११ बुट्वा–राङी की ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको हो।

आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिजयपुरका अनुसार जंगली हात्तीले बिहान एक्कासि आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, उनका श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्णरूपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्‍याएको छ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन वन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ।