छविलाल र लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने

HTV Khabar ९ कार्तिक २०८१, शुक्रबार ०८:२९ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो। रवि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुने भने छवि गोर्खा मिडियाका तत्कालीन सञ्चालक हुन्।

प्रहरी र सरकारी वकिल कार्यालयले विहिवार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए। अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको बताइएको छ।