काठमाडौं-बनारस रुटमा बुद्धको सातामा तीन उडान

HTV Khabar २ अशोज २०८१, बुधवार ०५:४० मा प्रकाशित

काठमाडौं,  बुद्ध एयरले बुधबारदेखि भारतको बनारसका लागि उडान थप गरेको छ। साताको सोमवार र शुक्रवार मात्रै उडान हुने गरेकामा अब साताको तीन उडान हुने भएको हो।

यसले यात्रुलाई सुविधा थप्ने कम्पनीको भनाइ छ। बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्या लगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज समेत चलाइरहेको छ। यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास कम्पनीको छ।


काठमाडौंबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ। काठमाडौंबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ तोकिएको छ। काठमाडौंबाट बिहान ७:१५ र तथा वाराणसीबाट ८:३० मा जहाज उड्छ। यो रुटमा बुद्धले एटीआर ७२ जहाजबाट उडान गरिरहेको छ।