डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा

HTV Khabar ७ मंगशिर २०८१, शुक्रबार १०:३४ मा प्रकाशित

काठमाडौं,  सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।

विहिवार बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई एआईजीमा बढुवा गरेको हो। गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्।

गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई कात्तिक १५ गते बढुवाका लागि सिफारिस गरेको थियो।