मेनपावार सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा

HTV Khabar २४ श्रावण २०८१, बिहीबार ०१:२२ मा प्रकाशित

काठमाडौं,  मेनपावरका सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा दायर भएको छ।व्यवसायिक साझेदारलाई नै ठगी गरेको आरोपमा रोयल इन्टरनेशनल ओभरसिज प्रालिका सञ्चालकहरु सुशील केसी र जनकलाल बास्तोलाविरुद्ध आपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको हो। उनीहरुले साझेदार उज्जल महर्जनलाई ठगी गरेको जाहेरी परेको छ।

तीन हजार १६ जनालाई प्रतिव्यक्ति दुई लाखका दरले पैसा लिई विदेश पठाई ६० लाख ३२ हजार असुलेर फरार भएको अभियोग लागेको छ। पीडित भनिएका महर्जन सो कम्पनीमा ४० प्रतिशत शेयर साझेदार थिए।

कम्पनी भने केसी र बास्तोलाले चलाउँदै आएका थिए। पछि हिसाब माग्दा उनीहरु सम्पर्कविहिन भएपछि उनले प्रहरीमा उजुरी दिएका हुन्। तर, प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको छ।