काठमाडौं, वीपी राजमार्ग अन्तर्गत नेपालथोकबाट डाइभर्सनको काम सुरु भएको छ। बुधवारसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक खुल्ने सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर सन्देशराज ढुंगेलले जानकारी दिए। भोलिसम्म आफ्नो क्षेत्रको सडकको काम सकेर अन्य क्षेत्रको काम थाल्ने ढुंगेलले बताए।
सिन्धुलीको खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सन नजिक भासिएको सडक मर्मत तथा विभिन्न ठाउँमा पहिरोले अवरोध गरेको बाटो खुलाएर नेपालथोकसम्मको सडक आइतबार साँझसम्म सडक डिभिजन खाल्टेले खुलाएको थियो।