मिस्टर नेपाल २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै बूढानीलकण्ठका सत्यम पाठक

HTV Khabar २७ श्रावण २०८१, आइतबार ०६:३८ मा प्रकाशित

काठमाडौ, यतिखेर मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धाअन्तर्गत टप १५ मा पुग्नका लागि धमाधम चहलपहल चलिरहेका छन्। 

टप १५ मा स्थान पाउनका लागि भोटिङसमेत चलिरहेको बेला काठमाडौं बूढानीलकण्ठबाट प्रतिनिधित्व गरिरहेका सत्यम पाठकले फिजिकल राउण्डदेखि बेस्ट पर्सनालिटी राउण्डमा पनि राम्रो प्रदर्शन गरेका छन्। 

मिस्टर नेपाल २०२४ का ३८ जना फाइनलिस्टको सूचिमा बूढानीलकण्ठका सत्यम पाठक पनि रहेका छन्। वाइल्ड लाइफ फोटोग्राफी गर्ने सत्यम पाठकले इन्ट्रडक्सन राउण्डमा सर्वोत्कृष्ट हुँदै प्रतिष्पर्धामा दरिलो खुट्टा टेकेका छन्। 

बूढानीलकण्ठ १२ का स्थायी बासिन्दा सत्यम पाठक हाल बुढानीलकण्ठ १ तौलुङमा बसोबास गर्छन्। ३८ जनाबाट १५ जनाभित्र  पुग्नका लागि नेपालमा इसेवाबाट भोटिङ गर्न सकिन्छ भने विदेशबाट भोटिङ गर्नका लागि ग्लोबल अनलाइन पे प्रयोग गर्न पर्नेछ। 

यो प्रतिस्पर्धामा पाठक बिजेता बन्न सफल हुनु नै बूढानीलकण्ठले गर्व गर्ने बाटो खुल्ने छ। उनलाई विजयी बनाउन बूढानीलकण्ठ बासीले भोटिङको पहल गर्नुपर्ने देखिन्छ।