काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका को-चिफ एड्भाईजर तारा प्रसाद त्रिपाठी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीद्वारा सम्मानित हुनुभएको छ।
लामो समयदेखि समाजसेवामा क्षेत्रमा रहेर सक्रिय रूपमा योगदान पुर्याउँदै आउनु भएको कारण राष्ट्रिय शिक्षा तथा बाल दिवसको अवसरमा फरक धार साप्ताहिकले आयोजना गरेको विशेष कार्यक्रममा त्रिपाठीलाई युवा तथा खेलकुद मन्त्रीद्वारा सम्मानित गरिएको हो।
लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी पूर्व अध्यक्ष तथा आजीवन सदस्य रहनु भएका त्रिपाठी साईराम सामुदायिक सहयोगी संस्थाको संस्थापक सचीव लगायत दर्जनौं संघसंस्थामा आवद्ध रहेर समाज र राष्ट्रको उत्थानमा महत्त्वपूर्ण कार्य गर्दैआउनु भएको छ।