गौशाला २६ ले सन्दीपविरुद्ध पुनरावेदन नगर्ने

HTV Khabar १२ श्रावण २०८१, शनिबार १०:३२ मा प्रकाशित

काठमाडौं,  क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन्।

उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन्।

गौशाला २६ ले बुधवार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन्। सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ।