पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

HTV Khabar २७ कार्तिक २०८१, मङ्गलबार ०९:१६ मा प्रकाशित

काठमाडौं,  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कारागार चलान गरिएको छ। ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलवार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो।

सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।