सिनामंगलबाट दुई जना लागुऔषधसहित पक्राउ

HTV Khabar १४ चैत्र २०८१, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं, करिब ७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भएर गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ घर भएर सिनामंगल बस्ने ४५ वर्षिया लक्ष्मी परियार छन्।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई कानुनी कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिमा लगाएको छ।