किवानिज क्लब अफ काठमाडौं सनसाईनले गर्‍यो बालबालिकालाई खाना खुवाएर पुस्तक वितरण

सबिन पन्त 'पृथक' १३ माघ २०८०, शनिबार ०७:१८ मा प्रकाशित

काठमाडौं, किवानिज क्लब अफ काठमाडौं सनसाईनले असहाय बालबालिकाहरुलाई खाना खुवाएर पुस्तक वितरण गरेको छ।


किवानिज ईन्टरनेशनलको १०९ औं स्थापना दिवसको अवसर तथा क्लबका पूर्व अध्यक्ष तथा डिभिजन ३ नर्थ निवर्तमान लेफ्टिनेण्ट, रिजन कोर्डिनेटर नम्रता गुरुङ र क्लबका सेक्रेटरी सुदेश महर्जनका सुपुत्रको ९ औं जन्मोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। 


बूढानीलकण्ठ नगरपालिकाको पासिकोटमा अवस्थित सिर्जना सामाजिक सेवा समाजमा आश्रित १२ जना बालबालिकाहरुलाई डिष्ट्रिक्ट गभर्नर तिर्थकुमार सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खीर र तरकारी खुवाएर अति उपयोगी पुस्तकहरु प्रदान गरिएको  थियो।


उक्त कार्यक्रममा डिष्ट्रिक्ट भाईस गभर्नर डा.रामशरण थपलिया विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै डिष्ट्रिक्ट ट्रेजरर शिवबहादुर काफ्ले, प्रशिक्षक सुशीला चटर्जी,  डिभिजन ३ नर्थ लेफ्टिनेण्ट गभर्नर शारदा गुरुङ, ईलेक्ट लेफ्टिनेण्ट गभर्नर प्रमिला गुरुङ, किवानिज क्लब अफ सारथीका उपाध्यक्ष विनोद कार्की, गौरी मालाकार,  किवानिज क्लब अफ काठमाडौं महानगरका सुरेन्द्र भट्ट र किवानिज क्लब अफ नेचर कन्जर्भेसनबाट रिन्कु श्रेष्ठको उपस्थिति रहेको थियो।