काठमाडौं, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रकाउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्ने ५१ वर्षीया मुना कार्की रहेकी छिन्।उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं १२ बाट पक्राउ गरको।
उनले बेरोजगार युवालाई झुक्यानमा पारेर दक्षिण कोरिया लैजाने भन्दै ३ लाख ४० हजार लिएर लामो समय सम्पर्कविहीन भएको पीडितको आरोप छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।