बूढानीलकण्ठ २ र १३ मा काङ्ग्रेस जनप्रतिनिधि र पार्टी प्रतिनिधिले गरे मनसुनजन्य विपद्का घटनाको निरीक्षण

सबिन पन्त 'पृथक' २४ श्रावण २०८१, बिहीबार ०३:१२ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाको वडा नं.-२ र १३ मा जनप्रतिनिधि तथा नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधिले मनसुनजन्य विपद् प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

साउन २४ गते विहिवार बिहान नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ४ 'ख' को आयोजनामा प्रदेश सभा सदस्य मीना पराजुली लगायत नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूको सहभागिता थियो निरीक्षण गरिएको ४ 'ख' का सचीव तथा युवानेता मनोज सिग्देलले एचटिभी खबरलाई बताएका हुन्।

कार्यक्रम गत जेठ २८ गतेदेखि हालसम्म परेको पानी र सोबाट उत्पन्न मनसुनजन्य विपद्का घटनाहरूको बारेमा जानकारी लिँदै त्यसको समाधानका लागि पहल गर्ने उद्देश्यले सञ्चालन गरिएको पनि सिग्देलले बताएका छन्। 

कार्यक्रममा जनप्रतिनिधि एवं पार्टी प्रतिनिधिहरूले सो क्षेत्रमा भएका घटनाहरूको विवरण संकलन गरी तत्काल राहत तथा उद्दारका काम अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

सिग्देलका अनुसार सहभागी प्रतिनिधिहरूले बूढानीलकण्ठ नगरपालिकामा पार्टीको उपस्थिति तुलनात्मक रूपमा कमजोर रहेको भन्दै पालिकाबाट पहल गर्दा राहत र उद्दारमा प्रभावकारी काम नभए प्रदेश र संघअन्तर्गत्का निकायबाट भए पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मीना पराजुली, क्षेत्र नं ४'ख' का प्रदेश सभापति रामप्रसाद लुइँटेल, पार्टी नगर सभापति राजाराम बुढाथोकी, जिल्ला समन्वय समितिकि उपप्रमुख शान्ति पाण्डे, महाधिवेशन प्रतिनिधि अच्युत पौडेल, काठमाडौं क्षेत्र नं ४ 'क' सहसचिव महेन्द्र श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष एवं वडा सदस्य रामविनोद लामिछाने, नगर सचिव बिजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो। 

त्यस्तै नगर कार्यसमितिका सहसचिव कुमार खड्का, बूढानीलकण्ठ नगरपालिका लेखा समिति संयोजक राजकाजी श्रेष्ठ, बूढानीलकण्ठ २ नं वडा सभापति जनक थापा, बूढानीलकण्ठ १३ नं सभापति भाइनारायण श्रेष्ठ, वडा सदस्य पार्वती श्रेष्ठ, सांसद कार्यालयका प्रतिनिधि वसन्त श्रेष्ठ, भीम श्रेष्ठ, दिनेश श्रेष्ठ, कमल खत्री, लक्ष्मण श्रेष्ठ, राजेन्द्र खत्री लगायत पार्टी नेता, कार्यकर्ता एवं प्रभावित स्थानीयको समेत बाक्लो सहभागिता रहेको थियो।