बूढानीलकण्ठमा खुल्यो सुविधासम्पन्न केयर होम

सबिन पन्त 'पृथक' ११ पौष २०८१, बिहीबार ०५:४१ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-६ मा सुविधासम्पन्न एन्जल हेल्थ केयर होम पूर्णरूपमा सञ्चालनमा आएको छ। 

२०७४ सालमा विधिवत् रूपमा स्थापना गरि जेष्ठ तथा अशक्त नागरिकको स्वास्थ्य परीक्षण लगायत होम केयर सेवा उपलब्ध गराउँदै आएको यसका सञ्चालक सुधीर राज खड्काले एचटिभी खबरलाई बताएका छन्। 

यसअघि नै घरघरमा स्वास्थ्यकर्मी उपलब्ध गराएर स्वास्थ्य सेवा प्रदान गर्दैआएको संस्थाले आफ्नै सुविधायुक्त भवन निर्माण गरेर व्यवस्थित रूपमा आवाससहितको दक्ष चिकित्सकद्वारा स्वास्थ्य जाँचका साथै आवश्यक परामर्श प्रदान गर्ने उदेश्य लिइएको पनि खड्काले बताए। 

आफूले विदेश अध्ययनमा सिकेको सिप, दक्षता र अनुभवलाई मुर्तरुप दिदै अहिलेको बदलिँदो देशकाल परिस्थिति र पारिवारिक व्यस्तताका कारण जेष्ठ नागरिकहरुको हेरचाहमा कमि हुन नदिई पारिवारिक वातावरण मै विज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष लिइएको पनि केयर होमका सञ्चालक खड्काले स्पष्ट बताए। 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सुविधायुक्त एन्जल हेल्थ केयर होमको  समुद्घाट्न गरिएको थियो। उक्त कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, वडा नं.-६ का अदालत रवि खड्का,  प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम अर्याल, नगर जनस्वास्थ्य प्रमुख कुमारप्रसाद दाहाल, प्रशासन महाशाखा प्रमुख महेश प्रसाद पाठक लगायत स्वास्थ्यकर्मी र स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो। 

उपलब्ध सेवाहरु:    
  • वृद्ध आवास गृह (Elderly Care Home Service)
  • घरमै हेरचाह सेवा (Home Care Service)
  • दिवा हेरचाह सेवा (Day Care Service)
  • सर्जरी पछिको रिह्याविलिटेसन सेवा 
  • अल्जाईमर डिमेन्सिया हेरचाह सेवा (Alzheimer's/Dementia Care
  • स्पिच थेरापी (Speech Therapy)
  • फिजियोथेरापी (Physiotherapy)
  • मेडिकल एस्कर्ट सेवा (Medical Escort Service 
  • अन्य दीर्घरोग हेरचाह सेवा (Other Chronic Illness Care)
अस्पताल डिस्चार्ज पश्चात् चाहिने सम्पूर्ण सेवाहरु 

विशेषताहरु:
  • दक्ष जनशक्तिद्वारा सेवा प्रदान गरिने 
  • २४/७ दिन नर्सिङ सेवा 
  • व्हिल चेयरमैत्री संरचना 
  • फिजियोथेरापी सेवा 
  • दिवा सेवाको लागि यातायातको सुविधा 
  • २४ सै घण्टा सुरक्षा प्रदान