काठमाडौं, भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुक्तिनाथ मन्दिर पुगेका छन्।
नेपालको औपचारिक भ्रमणमा रहेका उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण र त्यहाँ पूजा–अर्चना गरेका हुन्।
शनिवारै उनले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ। उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका थिए।