काठमाडौं, सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।पुडासैनी नेपाल सरकार पूर्व सचिव हुन्। यस्तै सरकारले कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय गरेको छ।