भोलि भाइटीकाको उत्तम साइत कतिबेला ?

HTV Khabar २८ कार्तिक २०८०, मङ्गलबार ०९:२५ मा प्रकाशित
काठमाडौं, नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ।


भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि सुरु भएको छ। तिहार पाँच दिनसम्म मनाउने गरिन्छ।