विदेशबाट डलर पठाएको भन्दै लाखौं ठग्ने वीरबल पक्राउ

HTV Khabar २१ जेठ २०८१, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं, सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर मित्रनगर बस्ने वीरबल घर्तीमगर छन्। घर्तीमगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।


३ जना पीडितबाट उनले १६ लाख ६२ हजार रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।