काठमाडौं, नेकपा एमाले बूढानीलकण्ठ - ११ वडा कमिटीको आयोजना चियापान कार्यक्रम सम्पन्न भएको छ।
२०८० सालको विजया दशमीको उपलक्ष्यमा घटस्थापनाको अवसर पारेर बूढानीलकण्ठ ११ वडा कमिटी अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा शुभकामना आदानप्रदान प्रदान तथा चियापान आयोजना गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य जयराम थापा, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, पूर्व नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य उद्धव खरेल, काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर उप प्रमुख अनिता लामा, जिल्ला कमिटी सदस्य तथा वडा ११ का अध्यक्ष राजु अधिकारी, जिल्ला कमिटी उपसचिव तेज प्रसाद ढकाल, संगम गहतराज, बूढानीलकण्ठ नगर कमिटीका उपाध्यक्ष तथा वडा १२ का अध्यक्ष शम्भु भट्टराई, वडा १० का अध्यक्ष नवराज भट्टराईलगायत विभिन्न कमिटीका पदाधिकारी र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
एमाले पार्टीको आयोजना भएको कार्यक्रम भएता पनि अन्य पार्टीका पदाधिकारी, सञ्चार क्षेत्र र सामाजिक कर्यकर्तालाई समेत आमन्त्रण गरि कार्यक्रमलाई समावेशी बनाउने प्रयास गरिएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस वडा ११ इकाई उपसभापति तथा कार्यवाहक सभापति डिल्ली प्रसाद रिजालको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पार्टीभित्र देखिएको वितृष्णाको बारेमा आफ्नो स्पष्ट धारणा राख्दै शुभकामना प्रदान गरेका थिए। शुभकामना दिने क्रममा अहिलेको देशकाल परिस्थितिको ख्याल् गर्दै निष्ठापूर्वक संयममित भएर आफ्नो गच्छेअनुसार चाडपर्व मनाउन आग्रह गरेका थिए। चाडपर्वको समयमा मादक पदार्थ सेवन गरि अनावश्यक झमेला नगर्न र अनावश्यक दुर्घटना निम्तिनबाट सचेत रहन समेत अनुरोध गरिएको थियो।