काठमाडौं, काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको हो।
आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने मौसमविद्ले जनाएका छन्। अहिले काठमाडौं उपत्यकासहित तराई/मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।