घुससहित सहायक लेखापाल र विद्यालय सञ्चालक समिति सदस्य पक्राउ

HTV Khabar २५ पौष २०८१, बिहीबार १०:३२ मा प्रकाशित

काठमाडौं,   पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ बाट घुस लिँदालिँदै विद्यालयका लेखापाल र संचालक समितिका सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

पाल्हीनन्दन-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहारलाई बुधवार घुस रकमसहित पक्राउ गरिएको हो।

६५ हजार नगद घुससहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान भैरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भवन निर्माणसम्पन्न भएपछि अन्तिम रकम भुक्तानीका लागि घुस मागेको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो।