काठमाडौं, नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको बताएका छन्।
उनले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन्।
‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत, अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो।’ थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने बताएका छन्। उनले लेखेका छन्,‘ सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’