काठमाडौं, जिल्ला प्रहरी कार्यालय, सर्लाहीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन्।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधवारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमवार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन्।
प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन्।
उपरीक्षक ज्ञवालीले एचटिभी खबरका प्रधान सम्पादक सबिन पन्त 'पृथक' संगको कुराकानीमा "प्रहरी मेरो साथी" भन्ने मूलमन्त्रलाई अंगिकार गर्दै नागरिकको जिउधनको सुरक्षाका साथै समाजमा शान्ति र अमन चयन कायम गर्नु प्रहरीको कर्तव्य रहेको बताए।
सर्लाही जिल्ला भारतसंगको सिमावर्ती जिल्ला भएकोले पनि चोरीपैठारी, लागुऔषध, हत्याहिंसा, चेलीबेटी बेचबिखन, मानव तस्कर लगायत हातहतियार खरखजना जस्ता जघन्य अपराधका क्रियाकलाप हुनसक्ने कुरामा आफू सचेत रहेको बताएका छन्।
देश र कानुनभन्दा माथि कोहिपनि हुन्न कानुन सबैको लागि बराबर हुन्छ भन्ने अनुभूति दिलाउन र सर्लाहीका नागरिकको मौलिक हक संरक्षणमा कटिबद्ध भएर लाग्ने ज्ञवालीले प्रष्ट पारे। जोकसैबाट हुने कुनैपनि कानुन विपरीत गरिने गतिविधिलाई निस्तेज पारिने उनले प्रतिबद्धता व्यक्त गरे।