काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान कतार एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको बोइङ ७८८ विमान सिम्रिक एयरको बिथ्री हेलिकप्टरसँग ठोक्किनबाट जोगिएको हो।
करिब ३२० किलोमिटर प्रतिघण्टा भन्दा बढीको रफ्तारमा उडिरहेको कतार एयरको विमान नजिक सिम्रिक एयरको हेलिकप्टर पुगेपछि ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास) ले ट्राफिक एडभाइजरी (टीए) जारी गर्दै कतार एयरलाइन्सका पाइटललाई सचेत गराएको थियो।
विमानस्थल कार्यालयका अधिकारीकाअनुसार टिकासले टिए जारी गर्दा कतार र सिम्रिक एयरको होरिजेन्टल दूरी करिब २ माइल तथा भर्टिकल दूरी करिब २०० फिट रहेको थियो।