काठमाडौं, झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।