जबरजस्तीकरणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

HTV Khabar १७ माघ २०८०, बुधवार ०३:५८ मा प्रकाशित

काठमाडौं, जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।


मगर स्वास्थ्य चौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन्। मगरले स्वास्थ्य चौकी आएकी बालिकालाई एकान्त कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।


मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी गएको बेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी (क १) को दाबी छ।


मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ। स्वास्थ्य चौकीबाट फर्किए लगत्तै हजुरआमाको मृत्यु भएको र काजकिरिया गर्दा उजुरी दिन ढिला भएको पीडित बालिकाको परिवारले जनाएको छ।


आरोपितलाई माघ ११ गते पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए।