काठमाडौं, पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक रोप रेस्क्यु तालिम संचालन भएको छ।
पर्वतिय उद्वार तालिम शिक्षालय मनाङ्गमा पहिलो पटक जेठ ३ गतेदेखि रोप रेस्क्यु तालिम संचालन भएको हो। शिक्षालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले विहिवार तालिमको उद्घाटन गरे।