डडेल्धुरा, डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन्। अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिवार अपराह्न उनी मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए। तीन दिनपछि जोशी मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।