फास्ट ट्रयाक आयोजना प्रमुखमा पोखरेल

HTV Khabar १० पौष २०८०, मङ्गलबार ०८:५७ मा प्रकाशित
काठमाडौं, काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन्। निर्माणमा ढिलाई भएको गुनासोबीच नेपाली सेनाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुख कमलविक्रम शाहको स्थानमा जिम्मेवारी दिएको हो।


पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो।

७१ किलो मिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै भएको छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा कुरा उठेको थियो।