काठमाडौं, आठौं पिएम कप एनभिएका लागि बूढानीलकण्ठ भलिवल क्लबको खेलाडीको नाम सार्वजनिक गरिएको छ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौं प्रधानमन्त्री कप एनभिएमा सहभागी हुन बूढानीलकण्ठ भलिबल क्लबले सम्पुर्ण तयारी संगै खेलाडीको नाम सार्वजनिक गरेको हो।
विहिवार एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष सुवर्ण थापाको उपस्थितिमा टिम कप्तान धिरज काजी वस्नेतको नेतृत्वमा खेलाडीहरुको नाम सार्वजनिक गरिएको थियो।
नेपाल भलिबल संघको आयोजनामा जेष्ठ १९ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा बूढानीलकण्ठ भलिबल क्लब सहित पुरुष आठ र महिला सात खेलाडीको उपस्थिति रहने छ।
खेलाडीहरुको नाम
१) धिरज काजी बस्नेत (टिम क्याप्टेन)
२) सञ्जय बस्नेत
३) समीप श्रेष्ठ
४) मनोज घिमिरे
५) निराजन बिष्ट
६) शंकर मोक्तान
७) बिकाश गिरी
८) सन्जिव गुरुङ
९) सन्तोष श्रेष्ठ
१०) प्रभुराम तामाङ
११) ज्ञान बहादुर गुरुङ
१२) दिलिप राई (लिबेरो)