काठमाडौं, काठमाडौँको बसुन्धराबाट झण्डै दुई लाख नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।
मङ्गलवार अपराह्न सानुकाजी श्रेष्ठले सिन्धुली स्थायी ठेगाना भएका महेश मगरलाई भाडामा दिएको टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले नगद १ लाख ८८ हजार ५०० रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कृष्ण प्रसाद श्रेष्ठ, कोमल बहादुर प्याकुरेल, अर्जुन राई, मनोज कुमार चौधरी, ईश्वर राई, विष्णु मगर, कैलाश मगर र सन्दीप कुमार चौधरी रहेका छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।