काठमाडौं, सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव तीन दिनपछि फेला परेको छ। उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो।पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए। सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो। साउद भने बेपत्ता थिए।