मनमैजुको होटलमा एक पुरुषको शव भेटियो

HTV Khabar १५ असार २०८२, आइतबार ०३:४७ मा प्रकाशित
काठमाडौं,  तारकेश्वर नगरपालिका–११ मनमैजुका एक होटलमा पुरुषको शव भेटिएको छ। मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो।

होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।